ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बाक्सिलामा चौबीसै घण्टा टेलिफोन सञ्चालन

२०७७ भदौ, २८  
प्रदेश ०१
Image Not Found
author avatar दिवस रिजाल

खोटाङ । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा चौबीसै घण्टा टेलिफोन सञ्चालनमा ल्याइएको छ । जीएसएम र सीडीएमए टेलिफोनको टावरलाई केन्द्रीय विद्युत् प्रशारण लाइनमा जडान गरेपछि चौबीसै घण्टा टेलिफोन सञ्चालनमा आएको हो ।

केपिलागिढी गाउँपालिकाका प्रमुख कृष्णकुमार राईका अनुसार विद्युत् अभावमा टेलिफोन गर्न दिउँसोको घाम पर्खिनुपर्ने बाध्यताको अन्त्य भएको भन्दै केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान भएपछि अहिले जुनसुकै समयमा टेलिफोन सम्पर्क गर्न सकिने भएको बताए ।

बाक्सिलास्थित धिर्नुडाँडाको अवरुद्ध टेलिफोन टावर सञ्चालनमा आएपछि जिल्लाको उत्तरी क्षेत्रका टेलिफोनका सेवाग्राहीलाई सहजता भएसँगै नियमित टेलिफोन सञ्चानमा आएपछि यहाँका स्थानीय हर्षित भएका छन् ।

उक्त टेलिफोन टावरले केपिलासगढी गाउँपालिकाको सबै वडा, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, रावाबेंशी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकामा समेत काम गर्ने बताइएको छ । टेलिफोन टावरमा जडान गरिएको सोलारले समेत दिउँसोबाहेक अन्य समयमा काम गर्न छाडेपछि सेवाग्राहीहरूले करीब ६ महीनादेखि टेलिफोनको समस्या झेल्दै आएका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्