ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेको इन्स्योरेन्सद्वारा अभिकर्ता आधारभूत तालीम सम्पन्न

२०७७ भदौ, २८  
बजार
NA

काठमाडौं (अस) । ग्राहकलाई बीमा सेवा प्रदान गर्न कम्पनीको बीमा अभिकर्ता नियुक्त गर्ने उद्देश्य अनुरूप नेको इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता आधारभूत तालीम कार्यक्रम सम्पन्न गरेको छ । भदौ २३ गतेदेखि २५ गतेसम्म कम्पनीले भर्चुअल माध्यमबाट सो तालीम आयोजना गरेको हो । भर्चुअल माध्यमबाट सञ्चालन गरिएको तालीममा सहभागीहरूको निकै उत्साह र उत्सुकतापूर्वक सहभागिता रहेको तथा ५० जना सहभागी भएको कम्पनीले जानकारी दिएको छ ।

देशको निर्जीवन बीमा बजारमा विगत २५ वर्षदेखि सेवा पुर्‍याउँदै आएको नेको इन्स्योरेन्सले पछिल्लो समय कम्पनीमा ख्यातीप्राप्त महतो समूहको प्रवेशसँगै अझ गतिशीलरूपमा सेवा प्रवाह गर्दै आएको बताएको छ । केही वर्षभित्र देशको प्रमुख बीमा कम्पनीहरूमध्ये एक बन्ने लक्ष्य कम्पनीले लिएको छ । नयाँ व्यवस्थापनको प्रवेशपछि कम्पनीले विगत ६ वर्षयता हरेक वर्ष उल्लेखनीय रूपमा व्यवसाय वृद्धि गर्दै आएको कम्पनीको दाबी छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्