ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिन्धुपाल्चोक पहिरो अपडेट : २८ जना बेपत्ता, ३ जनाको शव भेटियो

२०७७ भदौ, २८  
वाग्मती प्रदेश
Image Not Found

भदौ २८, सिन्धुपाल्चोक । लगातारको वर्षाले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएर २८ जना बेपत्ता भएका छन् भने ३ जनाको शव भेटिएको छ । 

पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक पुगेका छन् । मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्