ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिभिल लघुवित्तको शतप्रतिशत हकप्रद शेयर भर्ने सोमवार अन्तिम दिन 

२०७७ भदौ, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २५ गतेदेखि निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयर भर्ने भदौ २९ गते सोमवार अन्तिम दिन रहेको छ ।
 

कम्पनीले पछिल्लो समय थप गरेको १५ दिनको अवधि पनि सोमवार सकिन लागेको हो । यस अघि भदौ १४ गतेसम्मको मिति तोकेको कम्पनीले १५ दिन थप गरी भदौ २९ गतेसम्मको अवधि कायम गरेको थियो । 

कम्पनीले १ बराबर १ कित्ता शेयर अनुपातमा रू. १०० अंकित दरको रू. ११ करोड ४१ लाख १४ हजार बराबरको ११ लाख ४१ हजार १४० कित्ता हकप्रद विक्री खुला गरेको हो । 
यस हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार १५ गते बुक क्लोज गरेको छ ।

बुक क्लोजको आधारमा असार १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद विक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत फागुन १४ गते अनुमति पाएको थियो । 

यस  हकप्रद शेयरको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । आवेदन विक्री प्रबन्धकसँगै सिभिल लघुवित्तका सम्पूर्ण शाखा कार्यालय, सेञ्चुरी कमर्सियल बैंकका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

 साथै आश्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत पनि घरमै बसेर दिन सकिनेछ । उक्त कम्पनीको हकप्रदलाई केयर रेटिङ्ग नेपालले वित्तीय आधारभूत अवस्था औषतमा रहेको संकेत गर्ने केयर एनपि आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ ।

 हाल रू. ११ करोड ४१ लाख १४ हजार चुक्तापूँजी रहेको उक्त कम्पनीको शतप्रतिशत हकप्रदपश्चात रू.२२ करोड ८२ लाख २८ हजार पुग्नेछ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्