ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर विक्री खुला

२०७७ भदौ, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर आइतवारदेखि विक्री खुला भएको छ । 

प्रिमियर इन्स्योरेन्सको स्वामित्वको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलामी प्रक्रियाबाट विक्री खुला भएको हो । यो शेयरको न्यूनतम प्रतिकित्ता मूल्य रू. २ हजार ३०० तोकिएकाले त्यसमा नघट्ने गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

यो शेयर असोज ४ गतेसम्म विक्रीमा रहनेछ । शेयर खरिद गर्न चाहने इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड, नारायणचौर नक्साल वा प्रिमियर इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय, नारायणचौर, नक्सालमा गोप्य शिलबन्दी बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।
 

आवेदन दिंदा न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ता खरीदको माग गर्न सकिनेछ । यो शेयर प्राप्त गर्ने आवेदकहरुले नागरिक लगानी कोषले जारी गर्ने तयारी गरेको हकप्रद शेयरमा समेत आवेदन गर्न पाउनेछन् । कोषले १ बराबर शून्य ८२८४ को अनुपातमा हकप्रद शेयर जारी गर्न भदौ २२ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्