भदौ २८, काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार आइतवारदेखि रोक्का भएको छ ।
उक्त कम्पनीले ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयर कारोबार रोक्का गरेको हो । वोमी लघुवित्त र ग्रामिण स्वयंसेवक लघुवित्त बीच मर्जरमा जाने सम्झौतासमेत भदौ २६ गतेनै भएको छ ।