ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आइतवार स्थिर रह्यो सुन तथा चाँदीको मूल्य

२०७७ भदौ, २८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । स्थानीय बजारमा आइतवार सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुनको मूल्य अघिल्लो कारोबारको दिन अर्थात् शुक्रवारकै मूल्य रू. ९६ हजार ५०० तोकिएको हो । 

यस्तै तेजाबी सुनको मूल्य समेत शुक्रवारकै मूल्य रू. ९६ हजारमा कारोबार भइरहेको छ । 

यसैगरी चाँदीको भाउ पनि आइतवार प्रतितोला रू. एक हजार ३१० मा  खरीदविक्री भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्