ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कारोबारबाट बञ्चित भएपछि लगानीकर्ता आक्रोसित, सामाजिक सञ्जालमा राखे असन्तुष्टि

२०७७ भदौ, २८  
लगानी
NA
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । आइतवार पनि नेप्सेको अनलाईन कारोबार प्रणाली नचल्दा लगानीकर्ताहरु कारोबार गर्नबाट बञ्चित भएका छन् । 

नेप्सेले कारोबार व्यवस्थापन प्रणालीमा समस्या भएको भन्दै ११ बजेर २५ मिनेटदेखि कारोबार रोक्का गरेको छ । समस्या समाधानको लागि पहल भइरहेको जानकारी नेप्सेले दिएको छ । 

दुई दिनको बन्दपछि खुलेको बजारमा कारोबारका लागि उत्साहित लगानीकर्ता भने बारम्बार दोहिरिने समस्याबाट आक्रोसित बनेका छन् । उनिहरुले सामाजीक सञ्जालमार्फत असन्तुष्टि पोखि रहेका छन् । लगानीकर्ता बिबिध शर्माले फेसबुक मार्फत लगानीकर्ता संघहरुलाई अख्तियारमै उजुरी हाल्न अनुरोध गरेका छन् । 

त्यस्तै लगानीकर्ता एवम् शेयरबजार अध्यता दिलिम मुनकर्मीले अनलाईन प्रणालीमा आइरहेको समस्या बारेमा अवगतनै होला भन्ने पश्न नियामक निकायलाई गरेका छन् । यसको लागि लगानीकर्ता निवेदन दिन आउनुपर्ने कि नियमनले स्वजानकारीमा लिएर समस्या समाधानार्थ कार्य हुन्छ भन्ने प्रश्न मुनकर्मीको छ ।

लगानीकर्ता दिव्यश्वर सुवेदीले भने टिएमएसमा समस्या आएको होइन, बनाइएको हो भन्ने आरोप लगाएका छन् । यसमा आन्तरिक मिलेमतो रहेको आरोप सुवेदीको छ । 

नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष संरक्षणा चौधरीले बारम्बार समस्या दोहोर्‍याउने वातावरण हुनुभन्दा दुई चार दिन कारोबार रोकेर भए पनि समस्या समाधान गर्नुपर्ने बताएकी छिन् । ‘यस्तो लापरबाही गरेर पनि हुन्छ, सधैं समस्यामात्र देखाउने बनाउने चाहीं कहिले नी ?’ भन्दै चौधरीले प्रश्न गरेकी छिन् ।

 

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्