ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

करीब ३ घण्टापछि सुचारु भएको बजार ३.४६ अंकले बढ्यो, रिलायन्स लाइफको शेयरमूल्य सर्वाधिक वृद्धि

२०७७ भदौ, २८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा देखिएको समस्याका कारण रोकिएको कारोबार पुनः सुचारु भएको छ । 

आइतवार बिहान ११ बजेर २५ मिनेटदेखि रोकिएको कारोबार २ बजेर १५ मिनेटदेखि पुनः सुचारु भएको हो । तीन बजेको अवधिमा नेप्से परिसूचक ३ दशमलव ४६ अंकले बढेको छ । 

१ हजार ५२८ दशमलव १६ विन्दुबाट शुरु भएको बजार कारोबारको यस अवधिमा शून्य दशमलव ३३ प्रतिशत बढेर १ हजार ५२४ दशमलव १५ विन्दुमा पुगेको छ । 
यस अवधिमा १७२ ओटा कम्पनीको रू. ८० करोड ३ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ७ करोड २७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ९०५ मा कारोबार भइरहेको छ । 

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ४०० मा रू. ५ करोड ३२ लाख बराबरको शेयरको खरीदविक्री भएको छ । 

यस अवधिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्टक्चरको शेयरमूल्य ९ दशमलव ७७ प्रतिशत बढेको छ ।  

यस अवधिसम्म १२ समूहको परिसूचक कारोबारमा आएको छ । जसमध्ये बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, जलविद्युत र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी वित्त, निर्जीवन बीमा, बीमा, उत्पादन तथा प्रशोधन, अन्य र लघुवित्त समूहको परिसूचक बढेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्