ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमणबाट ३४५ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या ५४१५९ पुग्यो

२०७७ भदौ, २८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । नेपालमा आइतवार थप १ हजार ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टाको अवधिमा थप ९ जनाको मृत्यु भएको बताए ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ । मन्त्रालयका अनुसार कुल पीसीआर परीक्षण संख्या ८ लाख ४० हजार ५२७ पुगेको छ भने विगत २४ घण्टामा ९ हजार १६५ आटा पीसीआर परीक्षण गरिएको छ ।त्यस्तै हालसम्म डिस्चार्ज हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ । हाल क्वारेन्टाइनमा ६ हजार ५३६ जना रहेका छन् ।

आइतवार थप १ हजार १७३ जना डिस्चार्ज भएका छन् । त्यसैगरी होम आईसोलेशनमा ७ हजार ३८७ जना रहेका छन् भने संस्थागत आईसोलेशनमा ७ हजार ७७० जना छन् रहेका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ ।

यसैगरी मन्त्रालयले काठमाडौं उपत्यकामा ५९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ  ।प्रवक्ता गौतमका अनुसार काठमाडौं जिल्लामा ४८३ जना, भक्तपुर जिल्लामा८१ जना र ललितपुर जिल्लामा ३३ जना संक्रमित थपिएका हुन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्