ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बेलायतमा अस्त्रजेनेकाको कोभिड–१९ विरोधी खोपको क्लिनिकल परीक्षण सुचारु

२०७७ भदौ, २८  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २८, लन्डन (बेलायत) । बेलायती स्विडिश बहुराष्ट्रिय फर्मा कम्पनी अस्त्रजेनेकाले बेलायतमा कोरोना भाइरसको संक्रमण (कोभिड–१९) विरोधी खोपको क्लिनिकल परीक्षण सुचारु गरेको छ । गत हप्ताको शुरुमा सुरक्षासम्बन्धी चिन्ताका कारण परीक्षण स्थगित गरिएको थियो । 

तर कम्पनीको पछिल्लो निर्णयले खोप बनाउने विश्वव्यापी दौडमा नयाँ आशा पलाएको छ । हालैका दिनमा विश्वभर कोरोना भाइरसको संक्रमण बढेको छ । यस्तोमा खोपको विकास भए महामारी नियन्त्रणमा टेवा मिल्ने अपेक्षा बढेको छ । 

तर सुरक्षासम्बन्धी चिन्ताका कारण अस्त्रजेनेका लगायत विविध फर्मा कम्पनीहरुले खोपको परीक्षण बन्द गर्ने घोषणा गरे । खोपको क्लिनिकल परीक्षण सुचारु गर्नु सुरक्षित रहेको बेलायतको औषधि स्वास्थ्य नियामक निकायबाट पुष्टिकरण प्राप्त गरेको कम्पनीले बताएको छ । परीक्षण रोक्नु पछाडिको मेडिकल जानकारी भने कम्पनीले खुलाएको थिएन । 

यसबारे अनुसन्धान भइरहेको मात्रै बताएको थियो । बेलायतमा परीक्षण सुचारु गरिएको भए पनि अन्यत्र कहिले सुचारु हुन्छ भन्नेचाँहि अस्पष्ट रहेको कम्पनीको भनाइ छ । 

‘कम्पनीले विश्वभरका स्वास्थ्य अधिकारीहरुसँग निरन्तर सहकार्य गर्नेछ,’ एक विज्ञप्तिमा कम्पनीले भनेको छ । महामारीको अवधिभर कम्पनीले मुनाफा नराखीकन खोप उपलब्ध गराउने समेत विज्ञप्तिमा भनिएको छ । अस्त्रजेनेकाले अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर एजेडडी १२२२ खोप बनाइरहेको छ । 

कम्पनीले खोपको तेस्रो चरणको परीक्षण गत महीनाको अन्त्यमा शुरु गरेको थियो । अन्तिम चरणमा पुगेको यो फाइजर र मोर्डेनाले बनाइरहेको सहितको तेस्रो खोप हो । अस्त्रजेनेकाले बताइरहेको खोपलाई विश्व स्वास्थ्य संगठनले अहिले बनिरहेको मध्ये सबैभन्दा आशाजनक मध्ये एक बताइरहेको छ ।  एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्