ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

इम्युनोमेडिक्स किन्ने सम्झौता नजिक गिलियाड

२०७७ भदौ, २८  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २८, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय फर्मा कम्पनी ‘गिलियाड साइन्सेज’ घरेलु बायोफर्मास्युटिकल कम्पनी ‘इम्युनोमेडिकस इंक’ किन्ने सम्झौता नजिक पुगेको छ ।

गिलियाडले २० अर्ब डलरभन्दा बढी रकम खर्चेर सो कम्पनी किन्न लागेको वाल स्ट्रिट जर्नलले शनिवार छापेको समाचारलाई उद्धृत गर्दै रोयटर्सले अर्को समाचार छापेको हो । 

यस सम्झौताले गिलियाडको क्यान्सर उपचार पोर्टफोलियोलाई थप विस्तार गर्ने छ । सम्झौता छिटोमा सोमवारसम्म घोषणा हुन सक्ने यस मामिलाबारे जानकार स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । 

यसबारे रोयटर्सले सोधेका प्रश्नमा गिलियाड र इम्युनोमेडिक्स दुवैले कुनै प्रतिक्रिया नदिएको बताइएको छ । अंकोलोजि पोर्टफोलिया विस्तार गर्न यसवर्ष गिलियाडले यस्तै खालका विविध सम्झौता गरेको छ । 

जुनमा कम्पनीले क्यान्सरको उपचारमा प्रयोग हुने औषधि निर्माता कम्पनी पियोनेर इम्युनोथेराप्युटिक्सको ४९ दशमलव ९ प्रतिशत शेयर किनेको थियो । 

वर्षको पूर्वार्द्धमा यसले रक्त क्यान्सरको प्रयोगात्मक उपचार पद्धति विकास गरिरहेको कम्पनी फोर्टी सेभेन इंकका लागि ४ अर्ब ९० करोड डलर तिरेको थियो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्