ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अब पीसीआर परीक्षण शुल्क २ हजार रुपियाँ मात्र : प्रवक्ता गौतम        

२०७७ भदौ, २८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण शुल्क अवदेखि रू. २ हजारमा गर्न सकिने बताएको छ ।

उक्त मन्त्रालयले आइतवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अब सबै प्रयोगशालाले पीसीआर परीक्षणको अधिकतम शुल्क रू.२ हजार तोकिएको बताए । उनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पीसीआर परीक्षणको शुल्क पुनरावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटेको बताए ।

सरकारको यो निर्णयपछि सरकारी तथा निजी अस्पताल र प्रयोगशाला सबैले सोही शुल्कमा पीसीआर परीक्षण गराउनु पर्नेछ । बजारमा रिएजेन्ट र पीसीआरका सामानको मूल्य घटेको आधारमा परीक्षण शुल्क पनि घटाइएको पत्रकार सम्मेलनमा उनले बताए ।
    
यसअघि पीसीआर परीक्षण शुल्क रू.४  हजार ४०० तोकिएको थियो । नेपालमा आइतवारसम्ममा ८  लाख ४० हजार ५२७ जनाको पीसीआर परीक्षण गरिएको उक्त मन्त्रालयले बताएको छ । हाल नेपालमा ४७ ओेटा सरकारी प्रयोगशालामा पीसीआर परीक्षण हुँदै आइरहेको छ ।    

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्