रुसको मस्कोमा दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङको खुद्रा स्टोरमा विक्रीका लागि राखिएका स्मार्टफोनहरूको मिति नखुलेको तस्वीर । आगामी वर्ष सामसुङको शेयरमूल्य करीब ४५ प्रतिशतले बढ्ने विश्लेषण गरिएको छ ।
दाइवा क्यापिटल मार्केट्समा विश्लेषक रहेका एसके किमले यस्तो बताएका हुन् । निकट भविष्यमा टिभी र स्मार्टफोनको विक्री बढ्ने र चिप एकाईको वृद्धि हुनेतर्फ औंल्याउँदै किमले यस्तो बताएका हुन् ।
उनका अनुसार आगामी १२ महीनामा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ८५ हजार वन (७१ डलर ५२ सेन्ट)मा पुग्नेछ । यो बुधवार शेयर बजार बन्द हुँदा कायम मूल्यको तुलनामा करीब ४५ प्रतिशत धेरै हो । तस्वीरः गेट्टी इमेज