ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

घुम्थाङको पहिरोमा परेका ११ को शव भेटियो, २० अझै बेपत्ता

२०७७ भदौ, २८  
वाग्मती प्रदेश
Image Not Found
author avatar सुन्दर शिरीष

भदौ २८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाहबिसे नगरपालिका– ७ घुम्थाङका तीन स्थानमा आइतबार बिहान पहिरो जाँदा ११ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन् । पहिरोले २२ घरमा क्षति पुगेको छ ।

पहिरोले पुरेर ज्यान गुमाउनेहरूमा नागपुजेका ६२ वर्षिया भक्तिमाया श्रेष्ठ, ९८ वर्षिया ट्याक्सी शेर्पा, ६० वर्षिया हिरामाया नेवार, ४२ वर्षकी ज्ञानीमाया प्रधान, २५ वर्षकी कर्णबहादुर श्रेष्ठ, ५ वर्षकी सरस्वती विक, भिरखर्कका २३ वर्षकी जुनु विक, २४ वर्षका शुकलाल विक, ८ वर्षका सन्देश विक, नेवार टोलका ६० वर्षिया सर्किनी नेवार र ६५ वर्षका धनलाल विक रहेका छन् ।

पहिरोमा ३१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । पहिरोमा पुरिएको ६ जनाको जीवितै उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले उद्धार कार्य जारी राखेका छन् । मुख्य पहिरोसहित टोलैपिच्छे ससाना पहिरो गएको छ । 

स्थानीय बासिन्दा भने नपत्याउने बर्खे खोलाले बगाएको बताउँछन् । स्थानीय रेशम प्रधानका अनुसार भीरखर्कमा सानो पहुँखोला छ । यसमा खासै पानी हुँदैन । ‘पहुँखोलामा कहिले पानी आउँदैनथ्यो । पानी पर्दा कहिले काही सानो भल बग्ने गथ्र्यो, तर यति ठूलो पानी आएको पहिलो पटक हो,’ उनले भने । घुम्थाङमा दुई गाउँ छन्, भीरखर्क र नागपुजे । माथि भीरखर्क पर्छ भने तल नागपुजे । भीरखर्केमा पानीले पहिरो बग्दै गएपछि नागपुजेमा घर पुरिएर बस्ती डुवाएको रेशमले बताए ।

‘नागपुजेमा खेतीयोग्य जमिन र बाक्लो बस्ती छ । यो नपत्याउने बर्खे खोलाले बस्ती बगायो,’ उनले थपे । भीरखर्कबाट पहिरोले बगाउँदै ल्याएको घर नागपुजेहुँदै सुनकोसी खोलासम्म पु¥याएको स्थानीयले बताए । दुबै गाउँ गरेर एक सयभन्दा बढी घरपरिवारलाई स्थानान्तरण गर्नुपरेको बाह्रबिसे नगरपालिकाले बताएको छ ।

‘सामान्य मानिएको पहुँखोलामा बाढी आएपछि भीरखर्कमा पहिरो बग्र्दै जाँदा नगपुजेसम्म क्षति पुगेको हो’, बाह्रविसे नगरपालिकाकी उपप्रमुख सुशिला पाख्रिनले भनिन्, ‘सानो खोलाले पहाड नै बगायो ।’ खोलामा पानीसँगै माटो पनि बगेपछि बस्तीनै बगाउने अवस्था आएको उनको भनाइ छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्