ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कर्मचारीका लागि एप्पलले बनायो आफ्नै मास्क

२०७७ भदौ, २८  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २८, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकले आफ्ना कर्मचारीका लागि आफैंले मास्कको डिजाइन गरेको छ । कम्पनीको कुपर्टिनोस्थित मुख्यालयका इञ्जिनियर र औद्योगिक डिजाइन समूहले इन–हाउस मास्क विकास गरेका हुन् । 

मास्कलाई एप्पल फेस मास्कको नाम दिइएको छ । यसमा तीनओटा पत्र रहेका छन् । यी पत्रहरुले सास फेर्दा भित्र छिर्न र बाहिरिने सुक्ष्म कणहरु फिल्टर गर्ने बताइएको छ नाकमा त्रिकोण आकार भएको मास्क चिउँडोतिर भने वृत छ । 

मास्कलाई धोइपखाली गरेर बढीमा ५ पटकसम्म पुनः प्रयोग गर्न सकिने बताइएको छ । कम्पनीले सावधानीपूर्वक अनुसन्धान र परीक्षण गरेर सो मास्कको डिजाइनलाई अन्तिम रुप दिएको बताइएको छ । मास्क कम्पनीको खुद्रा र कर्पोरेट क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई वितरण गरिने बताइएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्