ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एशियादेखि अफ्रिकासम्म खोपको प्रवर्द्धन गर्दै चीन 

२०७७ भदौ, २८  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २८, पेचिङ (चीन) । आफूले विकास गर्ने कोरोना भाइरस विरोधी खोपमा फिलिपिन्सले तत्कालै पहुँच पाउने चीनले बताएको छ । ल्याटिन अमेरिका र क्यारिबियनका देशहरुलाई खोप किन्न उसले १ अर्ब डलर उपलब्ध गराउँनेछ । चिनियाँ कम्पनीहरुबाट बंगलादेशले पनि १ लाख डोज निःशुल्क प्राप्त गर्नेछन् । 

सार्वजनिक रुपमा प्रयोग गर्न मिल्ने कोभिड–१९ विरोधी खोपको बृहत स्तरमा उत्पादन गर्ने अवस्थाबाट चिनियाँ कम्पनीहरु महीनौं टाढा छन् । तर यस्तो खालको खोप विकास हुने आशामा चीनले अन्य देशहरुसँगको बिग्रिएको सम्बन्ध सुधार्ने र मित्र देशहरुलाई आफ्नो झनै निकट ल्याउने प्रयास गरिरहेको छ । लामो समयदेखि इन्डोनेशियासँग चीनको सम्बन्ध खासै राम्रो छैन । 

तर गत हप्ता चिनियाँ राष्ट्रपति सि चिनफिङले त्यहाँका राष्ट्रपति जोको विडोडोलाई फोन गरेर इन्डोनेशियाको चिन्तालाई आफूले गम्भीर रुपमा लिएको र आवश्यक खोपका लागि सहकार्य गर्ने बताए । यस क्रममा उनले खोप विकासलाई दुई देशीय सम्बन्धमा नयाँ उज्जवल विन्दुका रुपमा औंल्याए । 

महामारीको शुरुआती सयममा अभाव चुँलिदा चीनले विश्वभर मास्क र सेनिटाइजर उपलब्ध गराएको थियो । कोरोना भाइरसको महामारीको व्यवस्थापनमा चीन चुक्दा विश्वभर भयावह स्थिति उत्पन्न भएको र यसको जिम्मेवारी चीनले बहन गर्नु पर्ने आवाज धेरैतिर उठ्यो । सो आरोप मत्थर पार्न पनि चीनले यस्तो कदम चालेको हुनसक्छ । 

चीनमा खोपको विकास हुने अनि उसले गरीब देशहरूलाई समेत खोप उपलब्ध गराउने सम्भावनाले पछिल्लो समय चीनप्रतिको आशा बढेको छ । नहुने मामा भन्दा कानो मामा वेश भनेजस्तै मानिसहरु चीनमै विकास भएको खोप लगाउन समेत ईच्छुक छन् । सकेसम्म चाँडै खोपको विकास होस् र महामारी नियन्त्रण होस् अनि अवस्था सहज होस् भन्ने मनाशय धेरैको छ । 

विश्वको कोभिड–१९ विरोधी खोप निर्माणको दौडमा चीन अग्रपङ्क्तिमै छ । चीनसँग अन्तिम चरणको क्लिनिकल परीक्षण भइरहेको चार ओटा खोप छन् । यो अन्य देशको तुलनामा धेरै हो । अमेरिकासँग अन्तिम चरणमा परीक्षण भइरहेको तीन ओटा खोप छ । 

चीनले आपतकालीन कार्यक्रम अन्तर्गत जुलाईमा सैनिक र सरकारी कम्पनीका कर्मचारीहरुमा २ ओटा खोप परीक्षणलाई अनुमति दिएको थियो । पछि यस कार्यक्रममा स्वास्थ्य सेवा र उड्डयन क्षेत्रका कर्मचारीलाई समेत समाविष्ट गराइयो । 

चीनले घरेलुस्तरमा बनाउने खोपलाई विश्वको सार्वजनिक सम्पत्ति बनाउने घोषणा सिले गरेका छन् । तर यसबारे त्यहाँको सरकारले थोरै मात्रै जानकारी दिएको छ । विश्वको स्वास्थ्य क्षेत्रमा यस योगदानलाई चीनले शक्ति निर्माणको अवसरको रुपमा समेत हेरेको छ । चीनको खोप विकास यसको कूटनीतिक सम्बन्धका लागि लाभदायक हुने र उसकै लापरवाहीले कोभिड–१९ फैलिएको भन्ने कथनलाई समेत साम्य पार्न सकिने विज्ञहरु बताउँछन् । 

चिनियाँ कम्पनीहरुले खोपको क्लिनिकल परीक्षण अन्य देशहरुमा समेत गरेका थिए । तर आफूहरुलाई गिनी पिग जस्तो व्यवहार गरिएको भनेर स्थानीयहरुले विरोध गरे । खोपले सफलतापूर्वक अन्तिम परीक्षण पार गरेर सार्वजनिक उपयोगका लागि कहिले उपलब्ध हुन्छ भन्ने अनिश्चित छ ।

यस्तो अनिश्यचका बीचमा पनि चीनले भने सम्भावित खोपको विश्वासका साथ प्रवर्द्धन गरिरहेको छ । अनि यसलाई अन्य देशसँगको बिग्रिएको सम्बन्ध सुधारमा प्रयोग समेत गरिरहेको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्