ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ओरालोमा जुट निकासी : १६ अर्ब रुपैयाँको जुट निकासी ६ अर्बमा खुम्चियो

२०७७ भदौ, २९  
समाचार
Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । पछिल्लो समय तयारी जुटको निकासी घट्न थालेको छ । ११ ओटा जुट उद्योग रहेको सुनसरी, मोरङ औद्योगिक कोरिडोरमा अहिले पाँचओटा मात्र सञ्चालनमा छन् ।

पछिल्लो समयको बन्दाबन्दीका कारण उद्योगको उत्पादनमा ह्रास आउँदा वार्षिक १ अर्ब रुपैयाँ बराबरको उत्पादन घट्दै गएको हो ।

सुनसरी, मोरङ औद्योगिक कोरिडोरमा रहेका जुट उद्योगहरूले वार्षिक ८० हजार मेट्रिक टन जुटका तयारी सामग्रीहरू उत्पादन गर्दै आएका छन् । तर, पछिल्लो समय कोरोनाका कारण निषेधाज्ञा र बन्दाबन्दी हुन थालेपछि उद्योगको उत्पादनमा ३० प्रतिशत गिरावट आएको छ । यसले गर्दा निकासीसमेत प्रभावित हुँदै आएको छ ।

नेपाल जुट मिल एशोसिएशनका अध्यक्ष राजकुमार गोल्छा डेढ महीने बन्दाबन्दीकै बेला उद्योग बन्द गर्नु परेको र अहिले पनि उद्योगको उत्पादन ७० प्रतिशतमा सीमित रहेको बताउँछन् ।

उनका अनुसार २४ सै घण्टा सञ्चालन हुने जुट उद्योगहरूले अहिले दैनिक दुई सिप्mट मात्रै सञ्चालन गरिरहेका छन् ।

गोल्छा सञ्चालक रहेको अरिहन्त जुट मिल र रघुपति जुट मिलमा ७ हजार मजदूरले सामान्य अवस्थामा काम गर्दै आएका थिए । हाल तीन सिफ्टबाट घटेर दुई सिफ्टमा मात्र उद्योग चलिरहेकाले एक सिफ्टका मजदूर बेरोजगार बनेका छन् । यसमध्ये केहीले भने उद्योगमै आंशिक रोजगारी पाइरहेका छन् ।

भारतीय कच्चा पदार्थमा निर्भर हुनु र त्यहीँकै बजारको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेर जुट उद्योगहरू बन्द हुन थालेको अध्यक्ष गोल्छाले जानकारी दिए ।

भारतले नेपाली जुटको उत्पादनलाई लगाउँदै आएको ४ प्रतिशत एन्टिडम्पिङ शुल्क नहटाएका कारण नेपाली जुटले बजार पाउन नसकेको हो ।

सरकारले भारत सरकारसँग कूटनीतिक पहल गरेर एन्टिडम्पिङ हटाउने हो भने उद्योगहरू पुनः सञ्चालनमा आउन सक्ने रचलिरहेका उद्योगहरूले पनि भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने गोल्छाले बताए ।

११ ओटा जुट उद्योग सञ्चालनमा हुँदा वार्षिक १६ अर्बको जुट भारत निकासी हुँदै आएको थियो । तर, पछिल्लो समय उद्योगहरू बन्द हँुदै गएपछि अहिले वार्षिक ६ अर्बको हाराहारी मात्रै तयारी जुटको निकासी हुन थालेको छ ।

नेपालमा जुट खेती खुम्चँदै जानु र कच्चा जुटको परनिर्भरता बढ्नु नै उद्योगहरू बन्द हुनुको मूल कारण रहेको उद्योगीहरूको दाबी छ । भारतले लगाउने कर हट्न नसक्नु, नेपालभित्रै खाद्यान्नलगायतको प्याकिङ र निर्माण क्षेत्रमा समेत जुटको प्रयोग अनिवार्य गर्न नसक्दा जुट उद्योगहरू धराशयी हुँदै गएको गोल्छा बताउँछन् ।

नेपाल जुट मिल एशोसिएशनका उपाध्यक्ष रमेश राठीले बन्दाबन्दीका कारण उद्योग सञ्चालनमा निकै चुनौती रहेको बताए । बन्दाबन्दी र निषेधाज्ञाका कारण मजदूरलाई उद्योगसम्म आउनै मुश्किल भएकाले उत्पादन घटेको उनले उल्लेख गरे । ‘घरबाट उद्योगसम्म मजदूर आउने वातावरण नहुँदा जुट उद्योगले आफ्नो उत्पादन एक सिफ्ट कटौती गर्नु परेको छ,’ राठीले भने । राठीको स्वामित्वमा रहेको बाबा जुटमिलमा दैनिक १ हजार मजदूर काम गर्छन् । बन्दाबन्दीका कारण उद्योगको उत्पादन दुई सिफ्टमा मात्र सीमित हुँदा करीब ७ सय मजदूर मात्र कार्यरत छन् । एक सिफ्टका ३ सय मजदूर घरमै छन् ।

सरकारले उद्योगलाई चाहिने कच्चा पदार्थमा आत्मनिर्भर बनाउन जुट खेतीलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउनुपर्ने धारणा राठीको छ । जुट मिल एशोसिएशनले समेत प्रदेश र केन्द्रीय सरकारलाई जुट खेती बढाउन कार्यक्रम ल्याउन आग्रह गरे पनि त्यसमा ठोस काम हुन सकेको छैन । अन्य उत्पादनलाई प्रोत्साहन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भए पनि जुट खेतीको प्रोत्साहनका लागि कुनै कार्यक्रम लागू नभएको उनले बताए । रघुपति जुटमिलका प्रबन्धक श्याम आचार्य भारतीय कामदार अहिले उद्योगमा नरहेको बताउँछन् । रघुपतिमा सामान्य अवस्थामा तीन सिफ्ट उद्योग सञ्चालन हँुदा २ हजार ५ सय मजदूरले काम गर्थे । अहिले दुई सिफ्टमा उद्योग चल्दा ८ सय बढी मजदूर कामबाट वञ्चित भएका छन् । सिफ्ट घटेपछि उद्योगको उत्पादनमा समेत कटौती भएको छ । आर्थिक वर्ष २०७५/७६ मा सबै खाले तयारी जुट ६ अर्ब १६ करोड ८१ लाख मूल्य बराबरको निकासी भएको थियो । त्यस्तै, आव २०७६/७७ मा ५ अर्ब ६५ करोड २३ लाख बराबरको तयारी जुटका सामग्री निकासी एशोसिएशनको तथ्यांकमा उल्लेख छ ।

यो बन्दाबन्दी भएको हालसम्मका महीनाको मात्र तथ्यांंक हो । चालू आर्थिक वर्षको २ महीनामा १ अर्ब ७९ करोड ८ लाख रुपैयाँ बराबरको तयारी जुट निकासी भएको छ ।
अघिल्लो वर्षको २ महीनामा २ अर्बको जुटको तयारी वस्तुको निकासी भएको थियो । विराटनगर भन्सार कार्यालयका प्रमुख शिव भण्डारी बन्दाबन्दी र निषेधाज्ञाका कारण जुट निकासीमा कमी आएको तथ्यांकमा देखिएको बताउँछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्