ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चार वर्षसम्म पनि बनेन महुरे–राजापानी सडक

२०७७ भदौ, २९  
प्रदेश ०१
NA

खोटाङ (अस) । कालोपत्रको काम शुरू गरिएको खोटाङ र उदयपुर जोड्ने दिक्तेल–गाईघाट सडकको महुरे–बुइपा–राजापानी खण्डमा ४ वर्ष बितिसक्दा पनि कालोपत्रको काम सम्पन्न हुन सकेको छैन । २०७७ साउन ११ गते निर्माण

सम्पन्न गर्नुपर्नेमा हाल उक्त सडक कालोपत्रको काम ४० प्रतिशत मात्र सम्पन्न भएको छ ।  

४ वर्षअघि कालोपत्रको काम थालिएको दिक्तेल–गाईघाट सडक समयमा सम्पन्न नहुँदा अहिले पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्मे सडकमा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । करीब रू. ४५ करोड लागतमा निर्माण सम्पन्न गर्नेगरी निर्माण ठेक्का भारत कन्ट्रक्शन–सिद्धी शाही जेभीले लिएको छ । तर, महुरे–बुइपा–राजापानी २२ किलोमिटर खण्डमा कछुवाको गतिमा काम भइरहेको तथा सम्पन्न भएका कालोपत्रको काम समेत सन्तोषजनक नभएको स्थानीयले आरोप लगाएका छन् ।

ठेकेदार कम्पनीको लापरबाहीबारे स्थानीयले पटक–पटक जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउँदा समेत कम्पनीले अटेर गरेको र ठेकेदारलाई अन्तिम पटक काम गर्ने मौका दिइएको बुइपाका वडाध्यक्ष दिनेश राईले बताए ।

तर, निर्माण कम्पनीका साइड इन्चार्ज नवीन मैनालीका अनुसार सडक खण्डमा पर्खाल तथा नाली निर्माण र फराकिलो पार्ने काम भइरहेको भन्दै उक्त सडक निर्माण कार्यसम्पन्न गरेरै छोड्ने बताएका छन् । साइड इन्चार्ज भएर काम गर्ने आपूm ११ नम्बरमा परेको र बाँकी कुरा आफूलाई थाहा नभएको उनले बताए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्