ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बीओकेका ग्राहकलाई किस्ताबन्दीमा विद्युतीय उपकरण खरीदको अफर

२०७७ भदौ, २९  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके) का ग्राहकले अब सरल किस्ताबन्दीमा घरायसी विद्युतीय उपकरणहरू खरीद गर्न पाउने भएका छन् । ग्राहकको सुविधालाई दृष्टिगत गर्दै बैंकले नयाँ योजना सार्वजनिक गरेको बताएको छ ।

नजिकिदो चाडपर्वलाई लक्षित गरी बैंकले यस्तो योजना ल्याएको हो । किस्ताबन्दी सहितको विशेष योजनामा बैंकको क्रेडिट कार्डवाहक ग्राहकले सीजी, एलजी, गोड्रेज, टीसीएल, सेन्सेइ, एलिका, केन्ट तथा ब्ल्याक एन्ड डेकोर ब्रान्डको घरायसी विद्युतीय उपकरणहरू सरल किस्ताबन्दीमा खरीद गर्न सक्ने छन् ।

उल्लेखखित ब्रान्डका घरायसी विद्युतीय उपकरणहरू टीभी, मोबाइल, म्यूजिक सिस्टम, वासिङ मेशिन, एसी, माइक्रोवेभ, भ्याकुम क्लिनर, डिस वासर, स्टाइलर, वाटर प्यूरीफायर सिस्टम, चिम्नी एन्ड किचनका सामग्रीहरू किस्ताबन्दीमा खरीद गर्न सक्ने बैंकले बताएको छ । यो योजनाअनुसार सामान खरीद गर्दा बैंकका ग्राहकले कुनै पनि प्रकारको ब्याज तिर्नुपर्ने छैन ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्