ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कतार एयरवेजले काठमाडौंबाट सातामा तीन उडान गर्ने

२०७७ भदौ, २९  
बजार
NA

काठमाडौं (अस) । कतार एयरवेजले काठमाडौंबाट सातामा ३ ओटा उडान गर्ने भएको छ । कोरोना भाइरसका कारण बन्द भएको अन्तरराष्ट्रिय उडान खुलेसँगै एयरलाइन्सले हाललाई सातामा ३ ओटा मात्रै उडान गर्ने बताएको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंबाट हुने उडान एयरलाइन्सको अत्याधुनिक बोइङ ७८७ ड्रीमलाइनर विमान र एयरबस ए३२० एयरक्राप्mद्वारा गर्ने वित्रप्ति जारी गरेर जानकारी दिएको छ ।

संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयको निर्देश अनुसार विमानमा नेपाली नागरिक, संयुक्त राष्ट्र विशेष संगठनहरू, विकास परियोजनाका साझेदारहरू, नेपालमा कार्यरत सबै दूतावासहरूले निर्धारित मापदण्ड पालना गरी यात्रा गर्न सक्ने छन् । यस्तै नेपाल आउने सबै यात्रीहरूले निर्धारित उडान समयको ७२ घण्टाभित्र गरिएको आरटी–पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टका साथै अनलाइन फाराम पूरा गरेको हुनुपर्ने छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्