ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विद्युतीय सवारीसाधन दिवसको अवसरमा ३ ओटा गाडी सार्वजनिक

२०७७ भदौ, २९  
बजार
NA

चितवन (अस) । दीगो ग्रुप अफ कम्पनीले नेपालमा विश्व विद्युतीय सवारीसाधन दिवसको अवसर पारेर आफ्ना ३ ओटा विद्युतीय गाडी सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका सवारीसाधनमा दिगोई–बस, दिगोई ६–मिनीबस र दीगो डाँफे–माइक्रो बस छन् । कम्पनीले चितवनमा विद्युतीय व्यावसायिक गाडीको बुकिङ खुला भएको जानकारी पनि दिएको छ ।

कम्पनीका अनुसार दिगोई–बसको रू. १ करोड २६ लाख ५० हजार, दिगोई ६–मिनीबसको रू. ९० लाख र दीगो डाँफे–माइक्रो बसको रू. ४४ लाख मूल्य तोकिएको छ । उत्सर्जन शून्य भविष्यको लक्ष्य हासिल गर्न दीगोले विद्युतीय मोबिलिटीको पूर्ण इकोसिस्टम विकास गर्नाका लागि विद्युतीय गाडीको विक्री शुरू गरेको कम्पनीले जानकारी दिएको छ ।

चितवन र नवलपरासीका आधिकारिक डिलर ग्रीन मोटर्सका सञ्चालक विशाल पौडेलले सीएटीएल, स्टार चार्ज, डीएफएसके, सीएचटीसी, जोयलङजस्ता यस क्षेत्रका नेतृत्वदायी कम्पनीहरूसँग सहकार्य गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्