ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर बागलुङको बलेवामा

२०७७ भदौ, २९  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । ग्लोबल आईएमई बैंकले बागलुङको बलेवामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । जिल्लाको बागलुङ नगरपालिका–१४ बलेवास्थित नारायणस्थानमा आइतवारदेखि नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

एक्सटेन्सन काउन्टरको उद्घाटन बागलुङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले गरे । नयाँसहित बैंकको एक्सटेन्सन काउन्टरको संख्या ४३ पुगेको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई दृष्टिगत गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको बताएको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७१ ओटा जिल्लामा २५९ ओटा शाखा, २३४ ओटा एटीएम, ४३ ओटा एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २१९ ओटा शाखारहित बैंकिङ सेवा र ३ ओटा अन्तरराष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्