ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कुमारी बैंकद्वारा महेन्द्रनगरमा कोरोनासम्बन्धी सचेतना कार्यक्रम

२०७७ भदौ, २९  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । कुमारी बैंकले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणबारे कञ्चनपुरको महेन्द्रनगरमा सामाजिक सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालय, महेन्द्रनगरले आप्mनो सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरेको हो ।

बैंकको प्रादेशिक कार्यालयबाट शुरू भई चम्मन चौराहाबाट सब्जीमण्डी हुँदै महेन्द्रनगर बजारको १, २, ३, ४ र ५ नम्बर गल्ली परिक्रमा गरी बैंकको प्रादेशिक कार्यालयमा कार्यक्रम समापन गरिएको थियो । बैंकले महेन्द्रनगर बजारमा मास्क लगाउन प्रेरित गरी मास्क नलगाई हिँडेका व्यक्तिलाई १ हजार थान मास्क तथा १५० थान ह्यान्ड स्यानिटाइजर समेत वितरण गरेको बताएको छ ।

कार्यक्रममा कर्मचारीले मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने, भीड नगर्ने तथा साबुनपानीले हात धुनेजस्ता सचेतनामूलक नारा लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेर कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि पूर्वसावधानीका सन्देश दिएका थिए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्