ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

५० लाखमा भैरवकुण्डको सुधार गरिँदै

२०७७ भदौ, २९  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ लिस्तीकोटस्थित धार्मिक एवम् पर्यटकीय क्षेत्र भैरवकुण्डको सुधारको थालनी शुरू गरिएको छ । यसका लागि गाउँपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको छ । ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सुधार योजना शुरू गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

‘हामीले यो वर्ष डीपीआर तयार गर्न र भैरवकुण्डको सामान्य सुधारको लागि ५० लाख बजेट छुट्याएका छौं,’ अध्यक्ष पौडेलले भने, ‘यति बजेटले मात्रै यो ठाउँको सुधार हुन सक्दैन । हामीले प्रदेश र केन्द्रसँग पनि बजेटको माग गरिरहेका छौं ।’

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को तयारी अन्तिम अवस्थामा पुगेको भन्दै पौडेलले डीपीआर तयार भइसकेपछि आवश्यक बजेटका लागि पर्यटन मन्त्रालय तथा विभागमा समेत अनुरोध गरिने बताए । पर्यटन मन्त्रालय र विभागका उच्च अधिकारीले डीपीआर तयार गरी पठाएमा बजेटको व्यवस्था गरिने आश्वासन दिएको हुँदा आवश्यक बजेट पाउनेमा आफू विश्वस्त रहेको अध्यक्ष पौडेलको भनाइ छ ।

लिस्तीको चोकरमोकर भन्ने स्थानसम्म यातायातका साधन पुगिसकेको हुँदा त्यहाँबाट भैरवकुण्डसम्म पुग्ने ७ किलोमिटर पैदलयात्राका लागि रेलमार्ग बनाउने कार्यक्रम रहेको छ । चोकरमोकर र भैरवकुण्डमा एक÷एकओटा हेलिप्याड निर्माण गर्नुका साथै बुद्ध पार्कको समेत निर्माण गरिने अध्यक्ष पौडेलले बताए ।

त्यसैगरी, भैरवकुण्डमा अवस्थित शिव पार्वतीको मन्दिरको स्तरोन्नति गर्नुका साथै कुण्डको संरक्षण गरी त्यस स्थानको पहिचान गराएर आन्तरिक तथा बाह्य पर्यटक भिœयाउने उद्देश्य रहेको अध्यक्ष पौडेलले बताए । साविक लिस्तीकोट गाविसमा पर्ने उक्त भैरव कुण्ड लेकमा अवस्थित छ । समुद्री सतहबाट ४ हजार २५० मिटर उचाइमा रहेको कुण्डको क्षेत्रफल नापी विभाग ट्रपिकल महाशाखाका अनुसार ८४ हजार १ सय ९३ वर्गमिटर रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्