ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नयाँ नेपाल र सारथी लघुवित्तको एकीकृत कारोबार असोज ५ गतेदेखि

२०७७ भदौ, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था  र सारथी लघुवित्त वित्तीय संस्थाले आगामी असोज ५ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।

सारथी लघुवित्त नयाँ नेपाल लघुवित्त वित्तीय संस्थामा गाभिएपछि सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुने छ । 

दुवै कम्पनीले विशेष साधारण सभामार्फत १ बराबर १ शेयर अनुपातमा मर्जर हुने प्रस्ताव पारित गरेका थिए ।१० ओटा जिल्ला कार्यक्षेत्र रहेको नयाँ नेपाल लघुवित्त वित्तीय संस्था नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत कम्पनी हो भने सारथी  लघुवित्तले हालसम्म पनि आईपीओ जारी गरेको छैन । 

दुवै कम्पनी बीच गत माघ २० गते मर्जर सम्बन्धी सम्झौता भएको थियो । मर्जर सम्झौतापछि गत माघ २१ गतेदेखि नयाँ नेपाल लघुवित्तको शेयर कारोबार नेप्सेले रोक्का गरेको छ ।
 एकीकृत भएपछि कम्पनीको केन्द्रीय कार्यालय काभ्रे जिल्लाको धुलिखेल नगरपालिकामा रहने छ ।

उक्त कम्पनीलाई एकीकृत कारोबार गर्न  नेपाल राष्ट्र बैंकले भदौ ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २२ गते अन्तिम स्वीकृती दिएको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्