ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सामाजिक दूरी कायम गर्दै मकवानपुरका सरकारी कार्यालय खुले 

२०७७ भदौ, २९  
वाग्मती प्रदेश
Image Not Found

भदौ २९, मकवानपुर । जिल्लाका स्थानीय तह र विभिन्न सरकारी कार्यालयले सामाजिक दूरी कायम गर्दै आइतवारदेखि सेवा प्रवाह शुरु गरेका छन् ।

लामो समयदेखि जारी लकडाउन र निषेधाज्ञा हटाइएपछि जिल्लाको स्थानीय निकाय र विभिन्न सरकारी कार्यालयले सर्वसाधारणलाई सेवा दिन थालेका हुन् ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणलाई ध्यान राखी यहाँका कार्यालयले जग्गा रजिस्ट्रेसन र नामसारी तथा विद्युत् महसुलको काउन्टर खुला गर्नाका साथै जिल्ला प्रशासन कार्यालयमा आएका नागरिकलाई नागरिकता र राहदानीका लागि निवेदन लिन थालेको प्रजिअ दीपकराज नेपालले बताए ।

यसैगरी मकवानपुरका ८ गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडामा नागरिकता र जग्गा नामसारीको सिफारिस, घरजग्गाको मालपोत कर असुली र वैदेशिक रोजगारीका लागि जाने व्यक्तिलाई सिफारिससमेत आइतवारदेखि दिन शुरु गरिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्