ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सर्पोट माइक्रोफाइनान्सको बोनस शेयर हितग्राही खातामा जम्मा 

२०७७ भदौ, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको १० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । 

कम्पनीले गत पुस २९ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट पारित गरेको बोनस शेयर हितग्राही खातामा जम्मा गरेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भदौ २३ गतेनैसूचीकृत गराएको यो शेयर कम्पनीले पुस १३ गतेसम्म शेयर अभौतिकीकरण गराएकाहरुको हितग्राही खातामा जम्मा गरेको हो । 

सो मिति पश्चात शेयर अभौतिकीकरण गराएकाहरुको हकमा पनि हितग्राही खातामै बोनस जम्मा गर्ने कम्पनीले जानकारी दिएको छ । 

हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई यथासिघ्र गराई बोनस शेयर सुरक्षित गर्न कम्पनीले अनुरोध गरेको छ । सूचीकृत भएको दोस्रो दिनदेखि कारोबार योग्य भएको यो शेयर हितग्राही खातामा जम्मा भएपश्चात अब भने कारोबार गर्न सकिनेछ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्