ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

माउण्टेन इनर्जीको स्थगित आईपीओ भदौ ३१ गतेदेखि निष्कासनमा 

२०७७ भदौ, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले यसअघि स्थगित गरेको आईपीओ भदौ ३१ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आईपीओ विक्री खुला गर्न लागेको हो । 

यो आईपीओमा छिटोमा असोज १४ र ढिलोमा असोज २९ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

यसअघि गत साउन ८ गतेदेखि निष्कासन गर्ने भनिएकोमा बाढी पहिरोका कारण आयोजना क्षेत्रमा गएर सेवा दिन नसकिने भन्दै स्थगित गरेको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि रू. १९ करोड ६८ लाख २ हजार ७०० बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ विक्री गर्न लागेको हो । 

दोस्रो चरणमा सर्वसाधारणका लागि पनि सोहि रकम बराबरको आईपीओ विक्री गर्नेछ । कम्पनीले स्थनीय र सर्वसाधारणका लागि गरी कुल रू. ३९ करोड ३६ लाख ५ हजार ४०० बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार २५ गते अनुमति पाएको थियो । 

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको कुल कित्तामध्ये नुवाकोट र म्याग्दी जिल्लाको अति प्रभावितको लागि ६० प्रतिशत र प्रभावितका लागि ४० प्रतिशत शेयर छुट्याएको छ । आईपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले वित्तीय अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्ने केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । 

नुवाकोट जिल्लाको अति प्रभावित अन्नपूर्ण गाउँपालिका वडा नं. ४ (साविकको नारच्याङ गाविस) र तादी गाँउपालिका वडा नं २, ३ र ४ (साविकको रालुकादेवि र सुन्दरदेवि गाविस) हुन् भने तादी गाँउपालिका पन्चकन्या गाँउपालिका र लिखु गाँउपालिका प्रभावित क्षेत्र हुन् । 

त्यस्तै, म्याग्दीका अन्नपूर्ण गाँउपालिका वडा नं ४ अति प्रभावित क्षेत्र हो भने अन्नपूर्ण गाँउपालिका प्रभावित क्षेत्र हुन् । यस कम्पनीले म्यादी जिल्लामा ३८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्