ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सत्ता प्राप्तिका लागि सेना र हतियारको मोलतोल

२०७७ भदौ, २९  
१० वर्ष अघि
NA

संविधान निर्माण र शान्ति प्रक्रियाका लागि वर्तमान सरकार नै प्रमुख बाधक रहको आरोप माओवादीले विगत लामो समयदेखि लगाउँदै आएको छ । एमालेसहित ५ साना दलहरूसँग बिहीबार भएको परामर्शमा स्वयम् प्रम नेपालले आफ्नो नेतृत्वको सरकारले सहमति जुटाउन नसकेपछि संविधान निर्माणलगायतका देशका जल्दाबल्दा मुद्दामा अघि बढ्न नसकेको स्वीकार गरे । उनले संविधान निर्माण र शान्ति प्रक्रियाका लागि सहमति भए आफू त्यसमा बाधक नबन्ने बताएपछि सरकार परिवर्तनको सम्भावना बढेर गएको हो । प्रम नेपालले सत्ताप्राप्तिका लागि खेलिने बहुमतको खेलबाट निष्कर्षमा पुग्न नसक्ने स्पष्ट भएको पनि बताएका छन् । उनले बहुमतको खेलबाट निर्मित आफ्नो सरकारले सहमति बनाउन नसकेको भन्दै सहमतिका वातवरण बनाउन आफूले पहल गर्ने बताएर कुर्सीत्यागको जुन संकेत गरेका छन् मुलुकको वर्तमान परिस्थितिमा त्यसलाई प्रशंसनीय मान्न सकिन्छ । तर, सत्तारोहण गर्न एउटा खुट्टा उचालिरहेको माओवादीले पनि के बुझ्नुपर्छ भने शान्ति प्रक्रिया र संविधान लेखनजस्तो दूरगामी विषयलाई टुंगोमा पुर्‍याउन एक्लै सकिन्न, सहमति अपरिहार्य छ । त्यसका लागि सरकार सम्हाल्ने दलमात्र अग्रसर भएर पुग्दैन ।

मुलुकको शान्ति प्रक्रिया, संविधान निर्माणलगायतका कार्यमा अहम् भूमिका निर्वाह गर्ने उद्देश्यले गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्र पनि त्यसका प्रमुख गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् लगभग निष्क्रिय नै छ । त्यसको संयोजक को बन्ने भन्ने विषयको विवादले अझै किनारा भेटेको छैन ।

वर्ष ५, अंक ३१, २०६६, चैत २३–२९

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्