ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल फाइनान्सको स्थगित संयुक्त साधारण सभा असोज १० गते

२०७७ भदौ, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । नेपाल फाइनान्स कम्पनीले आठ वर्षको (बिसौं, एक्काइसौं, बाइसौं, तेइसौं, चौबिसौं, पच्चिसौं, छब्बिसौं र सत्ताइसौं ) वार्षिक साधारण सभा असोज १० गते हुने भएको छ । यसअघि कम्पनीले भदौं ११ गते गर्ने भएको उक्त सभा कोरोना भाइरस संक्रमण रोकथामको लागि निषेधज्ञा जारी भएकाले रोकिएको थियो । कम्पनीको भदौ २८ गते  बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

कम्पनीले साधारणसभा संस्थाको केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजे सभा आयोजना गरेको छ । साधारण सभाको प्रस्तावमा २०७४ फागुन २९ गतेको विशेष साधारण सभाबाट पारित हकप्रद शेयर निष्कासन बाँडफाँट पछि कायम चुक्तापूँजीको १ बराबर १ दशमलव ७५ (१:१.७५)को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने   रहेको छ । 

साथै यस फाइनन्सले अन्य कुनै बैंक तथा वित्तीय सस्थाहरु गाभ्ने गाभिने तथा एक्विजिशन गर्ने प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने रहेको छ । आव ०६८/६९, ०६९/७०, ०७०/७१, ०७१/७२, ०७२/७३, ०७३/७४, ०७४/७५ र ०७५/७६ का वासालत, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतको विस्तृत विवरणको छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ ।

आव २०७६/७७ को लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ । साथै सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने रिक्त रहेको पदमा बाँकी कार्यकालको लागि गरिएको सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने रहेको छ ।

साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका साउन २६ गते बन्द रहनेछ । साउन २५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्