ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सोमवार पहिलो घण्टामा १०.०४ अंकले बढ्यो नेप्से परिसूचक (१२ बजेको अपडेट) 

२०७७ भदौ, २९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । सोमवार पहिलो घण्टामा नेप्से परिसूचक १० दशमलव शून्य ४ अंकले बढेर १ हजार ५४७ दशमलव २९ विन्दुमा पुगेको छ । 

१ हजार ५४५ दशमलव ६९ विन्दुबाट शुरु भएको बजार कारोबार शुरु भएको ६ मिनेटपछि उकालो लागेर कारोबारको यस अवधिमा शून्य दशमलव ६५ प्रतिशत बढेको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये व्यापार समूहको परिसूचक स्थिर रहेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत, वित्त, उत्पादन तथा प्रशोधन, अन्य, बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने होटल्स, निर्जीवन बीमा र लघुवित्त समूहको परिसूचक घटेको छ ।

पहिलो घण्टाको अवधिमा १८० ओटा कम्पनीको १० हजार ६४३ पटकको कारोबारमा १८ लाख ४२ हजार २७२ कित्ता शेयरको रू. ६७ करोड ५८ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४ करोड १४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ८९६ मा कारोबार भइरहेको छ । 

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ४४२ मा रू. ३ करोड ९३ लाख बराबरको शेयरको खरीदविक्री भएको छ । 

कारोबारको पहिलो घण्टामा अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशत बढेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्