ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सोमवार उकालो लाग्यो सुनको मूल्य : तोलामा ४०० ले वृद्धि 

२०७७ भदौ, २९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । स्थानीय बजारमा सोमवार पहेलो धातु सुनको मूल्य प्रतितोला रू. ४०० ले बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य सोमवार अघिल्लो कारोबार दिनको तुलनामा रू. ४०० ले वृद्धि भएर रू. ९६ हजार ९०० मा कारोबार भएको छ । 

आइतवार छापावाला सुन प्रतितोला रू. ९६ हजार ५०० मा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य समेत प्रतितोला रू. ४०० ले बढेको छ । आइतवार प्रतितोला रू. ९६ हजारमा कारोबार भएको तेजाबी सुन सोमवार रू. ९६ हजार ४०० मा कारोबार भएको छ । 

यस्तै चाँदी प्रतितोला रू. १० रुपैयाँले बढेर रू. एक हजार ३२० मा कारोबार भएको छ । आइतवार चाँदी प्रतितोला रू. एक हजार ३१० कारोबार भएको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्