ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१५५१.२३ विन्दुमा नेप्से, अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले वृद्धि (१ बजेको अपडेट) 

२०७७ भदौ, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । सोमवार नेप्से कारोबार भएको दोस्रो घण्टामा परिसूचक १३ दशमलव ९९ अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको बजार कारोबारको यस अवधिमा शून्य दशमलव ९१ प्रतिशत बढेर १ हजार ५५१ दशमलव २३ विन्दुमा पुगेको छ । 

दोस्रो घण्टाको अवधिमा १८८ ओटा कम्पनीको २१ हजार ९२२ पटकको कारोबारमा ४२ लाख ८७ हजार ५०८ कित्ता शेयरको रू. १ अर्ब ४२ करोड ५६ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ९ करोड ७७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ८९० मा कारोबार भइरहेको छ । 

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ३११ मा रू. ७ करोड २ लाख बराबरको शेयरको खरीदविक्री भएको छ । 

कारोबारको दोस्रो घण्टामा अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । त्यस्तै, एनआरएन लघुवित्तको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशत, रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशत र सिनर्जी पावरको शेयरमूल्य ९ दशमलव ९३ प्रतिशत बढेको छ ।  

कारोबारको दोस्रो घण्टामा १२ समूहको परिसूचक कारोबारमा आएको छ ।  जसमध्ये बैंकिङ, व्यापार, विकास बैंक, होटल्स, जलविद्युत र वित्त, अन्य, बीमा, म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्