ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य १०% बढ्यो, मार्केट डेप्थमा खरीद चाप

२०७७ भदौ, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । सोमवार अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर प्रतिकित्ता रू. १४३ पुगेको हो । 

यस कम्पनीको शेयरमा खरीदकर्ता अत्याधिक भएपछि शेयरमूल्य बढेको हो । यो समचार तयार पर्दासम्म मार्केट डेप्थमा १ लाख ९ हजार ६४२ कित्ता खरीद गर्ने अर्डर रहेको छ भने विक्री अर्डर एउटा पनि छैन । कम्पनीले साउन १६ गते शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नको लागि विद्युत नियमन आयोगको अनुमति पाएको थियो । 

उक्त हकप्रद शेयर निष्कासन गर्नको लागि कम्पनीले केयर रेटिङ नेपालमा रेटिङ गराएको छ । कम्पनीले निष्कासन गर्ने हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । 

कम्पनीले ९९ लाख ८३ हजार २३१ कित्ता हकप्रद शेयर निष्कासन गर्नको लागि रेटिङ गराएको हो । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्