ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

युनिक नेपाल लघुवित्तले २ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने

२०७७ भदौ, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । उक्त आईपीओ निष्कासन गर्नको लागि कम्पनीले विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको कम्पनीले जानकारी गराएको छ । 

आईपीओ निष्काशन सम्बन्धी सम्झौता—पत्रमा युनिक नेपाललघुवित्त वित्तीय संस्थाका तर्फबाट कार्यकारी निर्देशक डा गोपाल दहित र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे ।

हाल कम्पनीको चुक्तापूँजी रू. ६ करोड ३० लाख रहेको छ । आईपीओ बाँडफाँट पछि उक्त पूँजी रू. ९ करोड पुग्नेछ । गत आवको चौथो त्रैमासमा कम्पनीले रू. ४ करोड ५ लाख नाफा कमाएको छ । सो अवधिमा कम्पनीले रू. ४९ करोड ९७ लाख सापटी लिएर रू. १ अर्ब ७८ करोड निक्षेप संकलन गरेर रू. २ अर्ब ५० करोड कर्जा लगानी गरेको छ । 

हालसम्म कम्पनीले ३८ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । उक्त कम्पनीले २०७५ मंसिर ६ गते नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त गरी २०७५ पुस १ गतेदेखि वित्तीय कारोबार शुरु गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्