ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

८.३४ अंकले बढेको बजारमा ९ ओटा कम्पनीको शेयरमूल्य ९% भन्दा बढीले वृद्धि (२ बजेको अपडेट) 

२०७७ भदौ, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । सोमवार नेप्से कारोबार भएको तेस्रो घण्टामा परिसूचक ८ दशमलव ३४ अंकले बढेको छ । कारोबारको यस अवधिमा नेप्से शून्य दशमलव ९१ प्रतिशत बढेर १ हजार ५५१ दशमलव २३ विन्दुमा पुगेको छ । 

तेस्रो घण्टाको अवधिमा १८८ ओटा कम्पनीको रू. २ अर्ब १९ करोड ९१ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १३ करोड ३८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ८८८ मा कारोबार भइरहेको छ । 

कारोबारको तेस्रो घण्टामा अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । त्यस्तै, एनआरएन लघुवित्तको ९ दशमलव ९८, रिलायन्स लाइफ इन्स्योरेन्सको ९ दशमलव ९६, युनियन हाइड्रोपावरको ९ दशमलव ८६ प्रतिशत, रिडी हाइड्रोपावर र आँखुखोला जलविद्युतको ९ दशमलव ५२, माउन्टेन हाइड्रोको ९ दशमलव ३८, सिनर्जी पावरको ९ दशमलव २२ र दिव्यश्वरी हाइड्रोको शेयरमूल्य ९ दशमलव शून्य ९ प्रतिशत बढेको छ ।   

कारोबारको तेस्रो घण्टामा १२ समूहको परिसूचक कारोबारमा आएको छ ।  जसमध्ये बैंकिङ, विकास बैंक, होटल्स, जलविद्युत, वित्त, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने व्यापार, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, बीमा र लघुवित्त समूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्