ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेप्सेको निर्देशनपछि गत बिहीवारको शेयर कारोबारको राफसाफ रोकियो 

२०७७ भदौ, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । भदौ २५ गते बिहीवारको शेयर कारोबार राफसाफ रोकिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निर्देशनमा बिहीवारको कारोबारको राफसाफ रोकिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सूचना मार्फत जानकारी गराएको हो ।

 कारोबार भएको तीन कार्यदिनभित्र राफसाफ गरिसक्नुपर्ने व्यवस्था अनुसार सोमवार राफसाफ हुनुपर्ने थियो । तर नेप्सेले उक्त दिन टिएमएसमा समस्या देखिएकाले राफसाफ रोक्न निर्देशन दिएको सीडीएससीले जारी गरेको सूचनामा उल्लेख छ ।

नेप्सेको निर्देशन बमोजिम उक्त दिनको राफसाफ अर्को सूचना जारी नभएसम्मको लागि रोकिने छ । भदौ २५ गते टिएमएसमा समस्या आएपछि १२ बजेर १९ मिनेटदेखि २ बजेर १५ मिनेटसम्म कारोबार रोक्का गरिएको थियो ।

त्यस दिन समस्या समाधान गरी २ बजेर १५ मिनेटदेखि साँझ ५ बजेसम्म कारोबार खुला गरिएको थियो । त्यस दिन प्राविधिक समस्याका बीच पनि रू. २ अर्ब २० करोड ९६ लाख ४४ हजार बराबरको शेयर कारोबार भएको थियो । 

 

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्