ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

८ ओटा कम्पनीको शेयर मूल्य ९ % भन्दा बढीले वृद्धि

२०७७ भदौ, २९  
लगानी नेप्से विश्लेषण
NA
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । आठ ओटा कम्पनीको शेयर मूल्य सोमवार ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत, एनआरएन लघुवित्तको ९ दशमलव ९८ प्रतिशत,रिलायन्स लाइफ इन्स्योरेन्सको ९ दशमलव ९६ प्रतिशत, युनियन हाइड्रोपावरको ९ दशमलव ८६ प्रतिशत,आँखुखोला हाइड्रोपावरको ९ दशमलव ५२ प्रतिशत, छ्याङदी हाइड्रोपावरको ९ दशमलव ५२ प्रतिशत,रिडी हाइड्रोपावरको ९ दशमलव ५२ प्रतिशत, दिब्यश्वरी हाइड्रोपावरको ९ दशमलव ०९ प्रतिशतका दरले वृद्धि भएको छ । 

ती आठ ओटै कम्पनीको शेयरमा खरीद चाप अत्याधिक भएकाले कम्पनीको शेयर मूल्य वृद्धि भएको हो । 

ती कम्पनीको शेयर विक्री गर्ने विक्रेताभने यो समाचार तायार पार्दाको समय २ : ४० सम्ममा एउटा पनि छैनन् । बजार बढीरहँदा  लगानीकर्ताहरु कम मूल्य भएको कम्पनीको शेयरमा आर्कषित भएको देखिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्