ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सीडीएससीले तयार गर्‍यो मेरो शेयरको एप्स, बुधवार सार्वजनिक गर्ने तयारी

२०७७ भदौ, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले मेरो शेयरको मोवाइल एप्स तयार गरेको छ । सीडीएससीले आन्तरिक परिक्षण सफल भएपछि बुधवार सर्वसाधारणका लागि परीक्षण गर्ने तयारी गरेको छ । 

सीडीएससीका प्रबक्ता सुरेश न्यौपानेले बुधवार मेरो शेयर एप्स सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए । 

उनका अनुसार बुधवारबाट एनड्रोईड प्रयोगकर्ताले यो एप्स प्रयोग गर्न सक्नेछन् भने पछिल्लो तयारीमा आईओएस प्रयोग कर्ताका लागि एप तयार गरिनेछ ।

सीडीएससीले उक्त एपमा मेरो शेयरमा रहेको सार्वजनिक निष्कासनमा आवेदन दिन सक्नेदेखि शेयर विक्री पश्चात ट्रान्सफर गर्ने सुविधासमेत रहेको जानकारी दिएको छ । 

प्राथमिक बजारमा सार्वजनिक निष्कासनका क्रममा ५ लाखभन्दा बढी लगानीकर्ता सक्रिय रहँदा सीडीएससीको मेरो शेयरमा समस्या आएकाले एप्स तयार गरेको सीडीएससीले जानकारी दिएको छ । 

एप्सको प्रयोगपश्चात मेरो शेयरमा समस्या नहुने विश्वास सीडीएससीले लिएको छ । सीडीएससीका अनुसार हाल ७ लाखभन्दा बढीले मेरो शेयर खाता खोलेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्