भदौ २९, काठमाडौं । नेपालमा सोमवार थप १ हजार १७० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टाको अवधिमा थप १५ जनाको मृत्यु भएको बताए ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ । नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ ।
सोमवार थप ८७९ जना डिस्चार्ज भएका छन् । हाल होम आईसोलेशनमा ७ हजार २७५ जना रहेका छन् भने संस्थागत आईसोलेशनमा ८ हजार १८ जना रहेका छन् । हाल १५ हजार ३९३ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा १० हजार ८७८ ओटा पीसीआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ६ हजार ८९२ जना रहेका छन् ।
सोमवार काठमाडौं उपत्यकामा ५१२ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंका ४४० जना, ललितपुरका २९ जना, भक्तपुरका ४३ जना रहेका छन् ।
*नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ३९ हजार ५७६ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ–सं