ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

थप १ लाख कर्मचारी भर्ती गर्दै एमाजन 

२०७७ भदौ, २९  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २९, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय अनलाइन खुद्रा कम्पनी एमाजनले थप १ लाख कर्मचारी भर्ती गर्ने भएको छ । अनलाइन अर्डरमा भइरहेको वृद्धिसँगै कम्पनीले यस्तो निर्णय गरेको हो । 

नियुक्त गरिने यी कर्मचारीहरु पार्ट–टाइम र फूल टाइम दुवैका लागि हुने बताइएको छ । यिनीहरुले प्याकिङ ढुवानी र अर्डर सल्टाउने लगायत काममा मद्दत गर्नेछन् । 

कम्पनीले हरेक वर्ष लामो सार्वजनिक बिदाका बेलामा अतिरिक्त कर्मचारी भर्ती गर्ने गरेको छ । तर यो यस्तो खालको नियुक्ति नभएको बताइएको छ । कर्पोरेट र प्रविधिसँग सम्बन्धित ३३ हजार कर्मचारी चाहिएको गत हप्तामात्रै कम्पनीले बताएको थियो । 

कम्पनीले यस पटक बताएअनुसार यसै महीना खोलिएका सय ओटा नयाँ गोदामघर, प्याकेज सर्टिङ सेन्टर र अन्य एकाईका लागि सो संख्यामा कर्मचारी चाहिएको हो । 

डेट्रोइट, न्यूयोर्क, केन्टुकीलगायत नयाँ कर्मचारी भेट्न मुश्किल भएका शहरमा कम्पनीले नयाँ भर्ती भएकाहरुलाई १ हजार डलर साइन इन बोनस दिनेछ । एमाजनमा शुरुआती तलब प्रतिघन्टा १५ डलर रहेको छ । रासस/एएफपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्