ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ग्रयाबमा ३ अर्ब डलर लगानी गर्दै अलिबाबा 

२०७७ भदौ, २९  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २९, पेचिङ (चीन) । चिनियाँ अनलाइन कम्पनी अलिबाबा होल्डिङ लिमिटेडले दक्षिण पूर्वी एशियाको सबैभन्दा ठूलो अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी ग्रयाब होल्डिङ्समा ३ अर्ब डलर लगानी गर्न खोजेको छ । 

यस मामिलाबारे जानकार स्रोतको भनाइ उद्धृत गर्दैै सोमवार ब्लुम्बर्ग न्यूजले समाचार छापेको छ । कम्पनीको मूल्यांकन १४ अर्ब डलर रहेको अनुमान गरिएको छ । यसअघि अनलाइन ट्याक्सी सेवा मात्रै सञ्चालन गरिरहेको ग्रयाबले गत वर्षदेखि भने वित्तीय सेवा, फूड डेलिभरी, मोबाइल भुक्तानी लगायतका क्षेत्रमा समेत व्यवसाय विस्तार गरेको छ । 

जुनमा लागत कम गर्न र वृद्धि सुस्त बनाउन कम्पनीले ५ प्रतिशत कर्मचारीलाई कामबाट निकालेको थियो । पछिल्लो लगानीबारे समाचार संस्था रोयटर्सले सोधेको प्रश्नमा अलिबाबा र ग्रयाब दुवैले कुनै पनि प्रतिक्रिया नदिएको बताइएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्