ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

४० अर्ब डलरमा सफ्टबैंक ग्रुपको चिप कम्पनी आर्म किन्दै एनभिडिया 

२०७७ भदौ, २९  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २९, टोकियो (जापान) । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले जापानी बहुराष्ट्रिय लगानी बैंक सफ्टबैंक ग्रुपको स्वामित्वमा रहेको बेलायती चिप डिजाइन कम्पनी आर्म किन्ने भएको छ । 

यो सम्झौतापछि बन्ने कम्पनी विश्वकै ठूलो चिप निर्माता हुनेछ । सम्झौता पारित भयो भने यो यस वर्षको सबैभन्दा ठूलो अधिग्रहण हुनेछ । सम्झौताले आर्मको मूल्याकंन ४० अर्ब डलर गरेको छ । सम्झौतालाई बेलायत, चीन, अमेरिका र यूरोपका नियामकहरुले समेत अनुमति दिनु पर्नेछ । 

सम्झौता सन् २०२२ को मार्चतिर सम्पन्न हनुे अपेक्षा गरिएको छ । यो खबर सार्वजनिक भएपछि सोमवार बिहानी कारोबारमा टोकियोमा सफ्टबैंकको शेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेको थियो । सन् १९९० मा बेलायतमा स्थापित भएको आर्मले माइक्रोप्रोसेसर बनाउँछ । 

यसको चिप सेन्सर, स्मार्ट डिभाइस र क्लाउड सर्भिसमा समेत प्रयोग गरिन्छ । एनभिडियाले भने ग्राफिक्स कार्ड बनाउने गरेको छ । सफ्टबैंकले सन् २०१६ मा ३२३ अर्ब डलर तिरेर आर्म किनेको थियो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्