ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

घटेको पीसीआर शुल्क कार्यान्वयन गराउन स्वास्थ्य मन्त्रालयले दियो निर्देशन      

२०७७ भदौ, २९  
समाचार
Image Not Found

 भदौ २९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड– १९ को पीसीआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क रू.२ हजार कार्यान्वयन गर्न निर्देशन दिएको छ ।     
     
 स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमवार मन्त्रिस्तरीय निर्णय गर्दै घटेको शुल्कमा पीसीआर परीक्षण गराउन निर्देशन दिएको हो । स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख एवं मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सबै कोभिड– १९ परीक्षण गर्ने प्रयोगशाला, सातै ओटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पत्र लेख्दै पीसीआर परीक्षण शुल्क रू.२ हजार कार्यान्वयन गराउन पत्राचार गरेका छन् ।
     
 मन्त्रालयले आइतवार राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पीसीआर परीक्षण गर्ने रिएजेन्ट र अन्य सामान घटेका आधारमा नेपालमा पनि रू.२ हजार परीक्षण शुल्क तोकेको थियो । यसअघि मन्त्रालयले पीसीआर परीक्षणका लागि रू.४ हजार ४०० तोको थियो । त्यो भन्दाअघि पीसीआर परीक्षणका लागि मन्त्रालयले रू. ५ हजार ५०० शुल्क तोकेको थियो ।     
     
 नेपालमा अहिले सरकारी ४७ ओटा प्रयोगशालामा पीसीआर परीक्षण हुँदै आइरहेको छ ।  रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्