ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोमेन कारोबार

२०७७ भदौ, ३०  
१० वर्ष अघि
NA

कोमेन बजारमा अघिल्लो हप्ता १३१६ कारोबार भएकामा गत हप्ता १०४० कारोबार भए । गत हप्ता शुक्रवार भने कारोबार भएन । गत हप्ता प्राकृतिक ग्यास र कच्चा तेलको पनि कारोबार सुरु भयो । कारोबार भएका धातुहरूको मूल्य सुरुमा भन्दा साताको अन्तमा बढेको छ ।

अप्रिलमा राफसाफ हुने सुनको १ केजीको कन्ट्राक्टमा सोमवार बजार खुल्दा प्रतिदस ग्राम मूल्य रू. २६ हजार ३ सय रहेकामा बिहीवार बन्द हुँदा सो बढेर रू. २६ हजार ३९७ भयो । साताभर यसको उच्चतम मूल्य बिहीबार रू. २६ हजार ४३० थियो भने न्यूनतम मूल्य मंगलबार रू. २६ हजार १४० थियो । त्यसैगरी सुनको मे कन्ट्राक्टमा सोमबार बजार खुल्दा मूल्य रू. २६ हजार ३३७ रहेकामा बिहीवार बजार बन्द हुँदा सो बढेर २६ हजार ५२३ भयो । साताभर यसको उच्चतम मूल्य बिहीवार रू. २६ हजार ५६० थियो भने न्यूनतम मूल्य मंगलबार रू. २६ हजार १८२ थियो ।

अप्रिलमा राफसाफ हुने ३० केजीको चाँदीको कन्ट्राक्टमा सोमबार बजार खुल्दा मूल्य प्रतिकिलो रू. ४२ हजार ४७७ रहेकामा साताको अन्तमा बजार बन्द हुँदा सो बढेर रू. ४३ हजार ६४८ थियो भने न्यूनतम सोमबार रू. ४२ हजार ४५३ थियो ।

नयाँ कारोबार भएको कच्चा तेलको अप्रिल कन्ट्राक्टमा मंगलबार बजार खुल्दा मूल्य प्रतिब्यारेल ५९४९ रुपैयाँ ५७ पैसा रहेकामा बिहीबार बजार बन्द हुँदा सो बढेर ६०१८ रुपैयाँ भयो । साताभर यसको उच्चतम मूल्य बुधबार रू. ६०२६ थियो भने न्यूनतम बुधबार नै रू. ५९३७ थियो ।

वर्ष ५, अंक ३१, २०६६, चैत २३–२९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्