ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रोटको व्यापार बन्द भएपछि घरको चुलो निभ्ने चिन्ता

२०७७ भदौ, ३०  
प्रदेश ०५
NA
author avatar अभियान संवाददाता

पाल्पा । स्थानीय भैरवनाथ मन्दिर परिसरमा रोट पकाएर बेच्ने तथा पूजा सामग्रीको व्यापार गर्नेहरू महीनौंदेखि बेरोजगार बनेका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि बन्दाबन्दी, निषेधाज्ञा तथा मन्दिर प्रवेशमा सर्वसाधारणलाई रोक लगाएसँगै यहाँका दर्जनौं व्यापारीहरूको व्यवसाय पूर्णरूपमा बन्द भएको छ ।

स्वरोजगारमुलक व्यवसाय बन्द भएसँगै अहिले उनीहरूको घरको चुलो निभ्ने अवस्थामा पुगेको भन्दै चिन्ता प्रकट गरिरहेका छन् । कोरोनाले रोट पकाउने चुलो बन्द भएपछि घरमा दालभात पकाउने चुलो समेत बन्द हुने अवस्था आएको व्यापारीहरू बताउँछन् ।

यो मन्दिर वरपर पूजा सामग्रीको व्यापार, रोट पकाउने र खाजा पसल सञ्चालन गर्नेको संख्या करीब १०० को हाराहारीमा छ । राम्रो आम्दानी गरेर परिवार पालिरहेको अवस्थामा महामारी फैलिएपछि आयआर्जनको सबै ढोका बन्द भएको व्यवसायी तेजबहादुर पोखरेलले बताए ।

कोरोना संक्रमणको त्रासले सरकारले गरेको बन्दाबन्दीसँगै सर्वसाधारणलाई दर्शनका लागि रोक लगाइएको मन्दिर व्यवस्थापन समितले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्