ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लेखा परीक्षण प्रतिवेदन वेबसाइटमा राख्दैनन् बैतडीका स्थानीय तह

२०७७ भदौ, ३०  
सुदूरपश्चिम प्रदेश
NA
author avatar मोहन चन्द

बैतडी । बैतडीका सबै स्थानीयतहले आफ्ना वेबसाइटमा लेखा परीक्षण प्रतिवेदनलगायत अन्य महत्त्वपूर्ण सूचना राख्ने गरेका छैनन् । जिल्लामा ४ ओटा नगर र ६ ओटा गाउँपालिका छन् । यी १० ओटै स्थानीय तहका वेबसाइट हेर्दा लेखा परीक्षण, चौमासिक र वार्षिक प्रगती प्रतिवेदन, अनुगमन प्रतिवेदन, समाजिक लेखापरीक्षण प्रतिवेदन, आयव्यय विवरण र गाउँकार्यपालिका, नगरकार्यपालिकाको बैठकले गरेका निर्णयहरू राखेको पाइँदैन ।

यद्यपि पाटन नगरपालिका, दसरथचन्द नगरपालिका र शिवनाथ गाउँपालिकाले भने केही वर्षका लेखापरीक्षण प्रतिवेदन राखेका छन् । तर, अन्य स्थानीय तहले भने कुनै पनि आर्थिक वर्षका लेखापरीक्षण प्रतिवेदनलगायत महŒवपूर्ण दस्तावेजहरू राखेका छैनन् ।

पाटन नगरपालिकाले आर्थिक वर्ष २०७३/७४ र ०७४/७५ को लेखापरीक्षण प्रतिवेदन र दसरथचन्द नगरपालिकाले आर्थिक वर्ष २०७२/७३ को मात्र लेखापरीक्षण प्रतिवेदन राखेको पाइन्छ । त्यसैगरी पाटन, पुचौडी र मेलौली नगरपालिले मात्र नगरसभाका केही निर्णय राखेको देख्न सकिन्छ ।

यस्तै शिवनाथ गाउँपालिकाले आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ को लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष ०७५÷७६ को आयव्यय विवरण मात्र राखेको छ । यसैगरी दोगडाकेदार गाउँपालिकाले आर्थिक वर्ष ०७६/७७ को अनुमानित आयव्यय राखेको छ भने अन्य गाउँपालिकाले कुनै पनि दस्तावेज राखेका छैनन् ।

संविधानको धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन २०६४ बमोजिम प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेका सूचनमा हक हुने छ भन्ने व्यवस्था गरिएको छ । यसैमा उल्लेख गरेअनुसार सूचना प्रवाह गर्ने प्रयोजनका लागि प्रमुखले आफ्नो कार्यालयमा रहेका सूचना नियमित रूपमा सूचना अधिकारीलाई उपलव्ध गराउनुपर्ने भनिएको छ । तर, बैतडीका स्थानीय तहका प्रमुखहरूले यस्तो गरेको पाइँदैन ।

स्थानीय तहले वेबसाइटमा नीति तथा कार्यक्रम र बजेट, केही सार्वजनिक खरीद बोलपत्रका सूचना मात्र राखेका छन् । सिगास गाउँपालिकाले त बोलपत्रका सूचना समेत वेबसाइटमा राखेको छैन । स्थानीय तहले मात्र नभएर सबै कार्यालयहरूले आफ्नो आयव्यय सार्वजनिक गर्नुपर्ने बताउँछन् कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीका प्रमुख सिद्धराज ओझा ।

गाउँपालिकाका वेबसाइटका भित्रका पेजहरू खोल्दा नगरपालिका भनेर खुल्ने गरेका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले नै निर्माण गरिदिएकाले माथिबाट नै यस्तै पेज राखिदिएको बताउँछन् शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयाल । के–के कुरा वेबसाइटमा राख्ने नराख्ने कुरामा आपूmहरूको ध्यान नपुग्ने र कर्मचारीहरूले ध्यान दिनुपर्ने जनप्रतिनिधिहरू बताउँछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्