ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना रोकथामका लागि रू. १० करोड खर्च

२०७७ भदौ, ३०  
प्रदेश ०५
Image Not Found
author avatar प्रवीर ददेल

रुकुम । रुकुम पश्चिममा कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि रू. १० करोड भन्दा बढी रकम खर्च गरिएको छ । रुकुमपश्चिमका ६ ओटा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमार्फत गत आर्थिक वर्ष २०७६/७७ को अन्तिमसम्म रू. १० करोड २२ लाख ६८ हजार ३३४ खर्च भएको हो ।

त्यसमध्ये ६ ओटा स्थानीय तहहरूले रू. १० करोड २ लाख ६९ हजार १३३ र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले रू. १९ लाख ९९ हजार २०१ खर्च गरेका हुन् । प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जिल्ला प्रशासन कार्यालयबाट खर्च गरिएको रकमबाट सबै स्थानीय तहमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको बताए ।

त्यस्तै सुरक्षाकर्मी र कर्मचारीका लागि पनि आवश्यक स्वास्थ्य सामग्री खरीद गरिएको प्रजिअ पौड्यालको भनाइ छ । रुकुम पश्चिमका ६ ओटा स्थानीय तहमध्ये सबैभन्दा वढी चौरजहारी नगरपालिकाले रू. ३ करोड ८९ लाख २० हजार ६५१ खर्च गरेको छ । पीसीआर ल्याब सञ्चालन तथा स्वयंसेवक पारिश्रमिक गरी रू. ७४ लाख ९३ हजार ७८८ खर्च भएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए ।

उनका अनुसार आइसोलेसन अस्पताल तथा क्वारेन्टिन निर्माणसँग सम्बन्धित कार्य र अन्यमा रू. १ करोड ९९ लाख ६१ हजार ९०७ खर्च भएको छ । नगरपालिकाले दैनिक छाक टार्न मुश्किल भएका ६२८ घर परिवारलाई २० लाख को राहत वितरण गरेको बताएको छ ।

प्राकृतिक प्रकोप रोकथाम, तयारी, उद्दार, राहत तथा पुनःस्थापना शीर्षकअन्तर्गत स्वास्थ्य समग्री खरीद तथा जोखिम भत्तालगायतमा रू. ९४ लाख ६४ हजार ९५६ खर्च गरेको बताएको छ । चौरजहारीले जिल्लामै पहिलोपटक पीसीआर परीक्षण प्रयोगशाला समेत सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी आठबीसकोट नगरपालिकाले रू. १ एक करोड ९६ लाख ६३ हजार ६१२ खर्च गरेको छ । अस्पताल निर्माण तथा व्यवस्थापनमा रू. १ करोड १७ लाख ८१ हजार र क्वारेन्टिन निर्माण, सञ्चालन तथा व्यवस्थापनमा रू. ३१ लाख १४ हजार खर्च गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद लम्सालले बताए ।

यसका साथै औषधि तथा स्वास्थ्य उपकरण खरीदमा रू. ११ लाख ३३ हजार, विपद्को समयमा खटिएका कर्मचारीहरूलाई कार्यपालिकाको निर्णयअनुसार जोखिम भत्ता, खाजा तथा यातायात खर्चबापत रू. ३ लाख ३६ हजार खर्च गरिएको छ भने विपन्न तथा दैनिक मजदुरी गरेर परिवार पाल्दै आएकाहरूलाई रू. १८ लाख ६३ हजार बराबरको राहत वितरण गरिएको छ । यस्तै देशका विभिन्न स्थानमा रहेकालाई उद्दार गरेर नगरपालिका ल्याउँदा रू. १४ लाख ३४ हजार खर्च भएको बताइएको छ ।

नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रू. १७ लाख २० हजार ७४० जम्मा भएको नगरपालिकाले बताएको छ । आठबीसकोटले आइसोलेसन अस्पताल समेत सञ्चालन गरेको छ ।

यसैगरी मुसिकोट नगरपालिकाले रू. १ करोड ४६ लाख ९९ हजार खर्च गरेको छ । विभिन्न वडामा ज्यालामजदुरी गरेर जीविकोर्पान गर्दै आएका व्यक्तिहरूका लागि रू. २७ लाख ४२ हजार बराबरको राहत समाग्री वितरण गरिएको निमित्त प्रशासकीय अधिकृत नरवीर खड्काले जानकारी दिए । उनका अनुसार रू. ३८ लाख ४२ हजार स्वास्थ्य सुरक्षा सामग्री खरीदमा खर्च भएको छ ।

नगरपालिकाले आइसोलेसन भवन निर्माणका लागि रू. ३० लाख र क्वारेन्टिन व्यवस्थापन र सञ्चालनमा रू. ४१ लाख ५० हजार खर्च गरेको बताएको छ । नगरपालिकाले विभिन्न स्थानबाट मजदुर र विद्यार्थीलाई उद्दार गर्दा रू. ३ लाख ५० हजार र कोरोनाका शंकास्पद बिरामीहरूलाई अस्पताल लैजाँदा एम्बुलेन्स भाडा शीर्षकमा रू. १ लाख ४५ हजार खर्च भएको उल्लेख गरेको छ भने जनचेतनामूलक कार्यक्रम तथा सूचना प्रकाशन, प्रसारणमा रू. ४ लाख ७० हजार खर्च भएको खड्काले बताए ।

नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा नगरपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकबाट रू. ८५ लाख ६८ हजार प्राप्त भएको थियो । यस्तै विभिन्न व्यक्ति र संस्थाबाट रू. ४ लाख ५५ हजार सहयोगस्वरूप प्राप्त भएको थियो ।

त्यस्तै त्रिवेणी गाउँपालिकाले रू. १ करोड २२ लाख १६ हजार खर्च गरेको स्वास्थ्य शाखा संयोजक वीरबहादुर डाँगीले बताए । उनका अनुसार गाउँपालिकाले सबैभन्दा बढी रू. ५३ लाख ८८ हजार क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापनमा र रू. ३४ लाख ७ हजार स्वास्थ्य सामग्री खरीदमा खर्च गरेको छ ।

यस्तै स्वयंसेवक परिचालनमा रू. १५ लाख ८१ हजार, आइसोलेसन निर्माणमा रू. ८ लाख २८ हजार, नागरिक उद्धारमा रू. ५ लाख २९ हजार, सूचना तथा सञ्चार खर्चमा रू. ९९ हजार र विविध शीर्षकमा रू. ३ लाख ८२ हजार खर्च भएको स्वास्थ्य संयोजक डाँगीको भनाइ छ । यी खर्चको व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारले रू. १५ लाख र पालिकाले स्थापना गरेको कोषमा रू. १० लाख जम्मा भएको र बाँकी खर्च गाउँपालिकाले बेहोरेको बताइएको छ ।

त्यस्तै बाफिकोट गाउँपालिकाले रू. ९५ लाख ३२ हजार खर्च गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार गुरुङले क्वारेन्टिन व्यवस्थापन र सञ्चालनमा रू. १६ लाख ६० हजार र स्वास्थ्य उपकरण तथा औषधिजन्य सामग्री खरीदमा रू. २१ लाख खर्च भएको जानकारी दिए । अधिकृत गुरुङका अनुसार गाउँपालिकामा रू. ३७ लाख ५० हजार बराबरको राहत वितरण गरिएको छ भने रू. २० लाख २२ हजार जोखिम भत्ता वितरण गरिएको छ ।

त्यस्तै सानीभेरी गाउँपालिकाले रू. ५२ लाख ३६ हजार मात्रै खर्च गरेको छ । यो खर्च सबै स्थानीय तहमध्येकै कम पनि हो । गाउँपालिकाले औषधिजन्य सामग्री खरीदमा रू. ९ लाख ३६ हजार र क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापनमा रू. २५ लाख ४४ हजार खर्च गरेको छ । खाद्यान्न तथा राहत वितरणका लागि रू. १० लाख, पीसीआर परीक्षण तथा ढुवानीमा रू. ३० हजार, अलपत्र मजदुर तथा विद्यार्थीको उद्दारमा रू. ७ लाख २४ हजार खर्च भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपालसिंह विष्टले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्