ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

निषेधाज्ञापछि स्थगित बैंक अफ काठमाण्डूको लिलामी शेयर पुनः विक्री खुला

२०७७ भदौ, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । निषेधाज्ञाका कारण स्थगित  भएको बैंक अफ काठमाण्डूको लिलामी शेयर पुनः मंगलवारदेखि विक्री खुला भएको छ । 

कम्पनीले भदौ १५ गतेसम्म लिलामी शेयरमा आवेदन गर्ने समय थप गरेकोमा निषेधाज्ञा जारी रहेकाले लिलामी शेयरको आवेदन फारम विक्री र बुझने कार्य स्थगित गरेको थियो ।

 कम्पनीले ३ लाख १६ हजार १५६ कित्ता संस्थापक शेयर भदौ १ गतेदेखि ८ गतेसम्म विक्री खुल्ला गर्ने भनेकोमा कोरोना महामारी बढ्दै गएकाले भदौ १० गतेसम्म काठमाडौंमा उपत्यकामा अत्यावश्यक सेवा बाहेकका सबै सेवा सञ्चालनमा रोक लगाउने घोषणा भएकाले लिलामी शेयरमा आवेदन दिने मिति थप गरेको  थियो  । 
लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन असोज ४ गते दिउँसो २ बजेसम्म रहेको छ । 

शेयरको न्यूनतम मूल्य प्रतिशेयर रू. १४० तोएिको हुँदा सो वा सोभन्दा बढी मूल्य  अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सबै ३ लाख १६ हजार १५६ कित्ताको लागि आवेदन दिन सकिनेछ ।

 विक्री प्रबन्धकमा एनएमबि कयापिटल लिमिटेड रहेको छ । कम्पनीले बोलपत्र असोज ५ गते बिहान १० : ३० बजे खोल्ने पनि बताएको छ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्